News Griha :: न्यूजगृह
भारतमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

काठमाडौं—  भारतको उत्तराखण्डस्थित नैनितालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। 

बाँके बैजनाथ गाउँपालिका वडा नं ८ टिटिहिरियाको फत्तेपुरगाउँ निवासी उदयराम थारू, धीरज थारू र विश्राम थारू, रिहारपुर गाउँ निवासीे तिलकराम थारू र थपुवागाउँ निवासी अन्तराम थारू र विनोद थारूको मृत्यु भएको छ। थपुवा गाउँकै दशरथ थारू र फत्तेपुर निवासी शान्ति थारू घाइते छन्।  बर्दियाका एक जनाको पनि मृत्यु भएको छ। 

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन्। आउटलुक इन्डियाका अनुसार मृतकहरू बेतालघाटको उचकोट गाउँमा जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे। 

काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:११
Weather Update