News Griha :: न्यूजगृह
कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं— कैलालीमा दिदीबहिनी मृत भेटिएका छन्। घोडाघोडी नगरपालिका—१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन्। दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए। 

प्रारम्भिक अनुसन्धानमा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेसनको औषध खाइरहेको पाइएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:४१
Weather Update