News Griha :: न्यूजगृह
राष्ट्रिय सभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता
विष्णुदेवी पुडासैनी

काठमाडौं — राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन भने बुधबार हुनेछ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताए। 

Bimala_ghimire_3-1712648295.jpg
विमला घिमिरे।

गणितीय हिसाबले गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेको जित सुनिश्चित छ। उनले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन्।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन्। राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:५३
Weather Update