News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
१०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं —  नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ। 

Prabhu Bank

यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो। 

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:३५
Weather Update