News Griha :: न्यूजगृह
माओवादी केन्द्रको निर्णय: कोशी सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने  
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो।

काठमाडौं— नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ। 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको जानकारी दिए। 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४६
Weather Update