News Griha :: न्यूजगृह
रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...

काठमाडौं— फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन्। गएराति सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो।

यस खेलको ८६ औँ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए। उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए। तर रेफ्रीले रातो कार्ड दिँदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरै रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन्।

रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केही खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ। रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन। यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ।

तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केही खेलको प्रतिबन्ध लाग्ने बताइएको छ। यस खेलमा अल हिलालले अल नासरलाई २-१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५३
Weather Update