News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री?

काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। 

Prabhu Bank

मंगलबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ०१ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यस्तै, मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ भने अस्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ६३ र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा र क्यानडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रुपैयाँ ८० पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रुपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरेको जनाइएको छ। 

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा कायम गरेको छ।  

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:४८
Weather Update