लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता सोमबार, वैशाख १७, २०८१
-1714297615.jpg)
बझाङमा एकीकृत समाजवादीका सिंहसहित ८ उम्मेदवारको जमानत जफत सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ अनुसार कुल सदर मतको १० प्रतिशत मत कटाउन नसके जमानत जफत हुने प्रावधान रहेको छ।

आगलागीे नियन्त्रणमा राज्यका सबै तह जिम्मेवार बन्नुपर्छः प्रवक्ता सापकोटा सोमबार, वैशाख १७, २०८१ नेकपा माओवादी केन्द्रले आगलागी एवं डढेलो जस्तो चुनौतीपूर्ण अवस्थामा उद्धार र सुरक्षा जस्ता आधारभुत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै विपद्को घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भन्दै दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन...

इलाम–२ मा सुहाङ र डम्बरबीच ५ हजारको फराकिलो मतान्तर सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नं २ मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म सुहाङले १३ हजार ९ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन्। यसरी हेर्दा उनीहरुबीचको मतान्तर ४ हजार ९ सय ८६ रहेको छ।

भोजपुर जीप दुर्घटना अपडेटः मृतक संख्या दुई पुग्यो सोमबार, वैशाख १७, २०८१ भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।सोमबार बिहान १ ज २६१७ नम्बरको जीप दूधकोसी नदी किनारमा दुर्घटना भएको हो।

ओलीलाई माधव नेपालको आग्रह– पुराना कुरा भुलेर हातेमालो गरौँ सोमबार, वैशाख १७, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलार्ई उचाइमा पुर्यानका लागि नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिएका छन्। सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेसँगको पुराना कुरालाई भूलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताए।

बझाङ १(१) मा एमालेका दमनबहादुर भण्डारी विजयी सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरे। भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे।यस्तै माओवादीका जनक बुढाले...

इलाम–२ मा सुहाङ ४६ सय मतले अगाडी, दोस्रो हुन डम्बर र डकेन्द्रबीच टक्कर सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नं २ मा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले कांग्रेससँग मतान्तर घटाउँदै प्रतिस्पर्धामा आएका छन्। हालसम्म थेगिमले ८ हजार ९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ३ सय ८६ मत प्राप्त गर्दा उनीहरुबीचको मतको अन्तर २ सय ८८ मत मात्रै रहेको छ।
२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति सोमबार, वैशाख १७, २०८१ पछिल्लो चौबीस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुर्याएको छ। सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते छन् भने ५० घरमा क्षति पुगेको छ। ८ वटा गोठ पनि जलेर नष्ट भएका छन्। आगो भने नियन्त्रणमा आइसकेको छ।
-1714297615.jpg)
बझाङको मतगणना अन्तिम चरणमा, एमालेका भण्डारीले मतान्तर बढाउँदै सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अन्तिम चरणको मतगणना चलिरहँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म उनले ११ हजार २९६ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ९४९ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर...

यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता? सोमबार, वैशाख १७, २०८१ युनाइटेड अरब इमिरेट्स (यूएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ। विश्वकै ठूलो र भव्य बनाउन लागिएको विमानस्थलको नाम ‘अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल’ दिइएको छ। आइतबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतुमले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए ।

भोजपुरमा जीप दुर्घटना सोमबार, वैशाख १७, २०८१ भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वालाङ्खाबाट पैयुँटार जाँदै गरेको को १ ज २६१७ नम्बरको जीप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको हो।
-1714187458.jpg)
इलाम उपनिर्वाचनः माङ्सेबुङ–५ मा चम्किए थेगिम, कांग्रेस–एमालेले कटाएनन् ६९ मत सोमबार, वैशाख १७, २०८१ प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ।









