News Griha :: न्यूजगृह
यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता? 

काठमाडौं— युनाइटेड अरब इमिरेट्स (यूएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ। 

विश्वकै ठूलो र भव्य बनाउन लागिएको विमानस्थलको नाम ‘अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल’ दिइएको छ। 

Prabhu Bank

आइतबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतुमले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए ।

विमानस्थलमा वार्षिक २६ करोड यात्रु क्षमताको हुनेछ। अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठूलो हुने पनि जनाइएको छ। 

दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतुममा सारिने छ। अल मकतुम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन्।

दुबईको सरकारी स्वामित्वको एयरलाइन इमिरेट्सका अध्यक्ष शेख अहमद बिन सईद अल–मकतुमले एयरपोर्ट प्रमुख क्यारियर इमिरेट्स र यसको कम लागतको एयरलाइन फ्लाई दुबई, साथै विश्वलाई दुबईमा जोड्ने सबै एयरलाइन साझेदारहरूको लागि नयाँ घर हुने बताए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:०८
राजनीति
विशेष
Weather Update