News Griha :: न्यूजगृह
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
कडा प्रतिस्पर्धाबीच बझाङमा एमालेले मतान्तर बढाउँदै 
कडा प्रतिस्पर्धाबीच बझाङमा एमालेले मतान्तर बढाउँदै  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेकपा एमालेले मतान्तर झिनो अंकमा बढाउँदै लगेको छ। यसअघि ९ मतले अघि रहेका नेकपा एमालेका दमनबहादुर भण्डारीले अहिले मतान्तर बढाएर २५ पुर्‍याएका छन्। भण्डारीले १० हजार १ सय ४९ पुर्‍याउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर भण्डारीले १० हजार १ सय २४ पुर्‍याएको निर्वाचन आयोगले जनाएको छ। 
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, सिंहलाई भण्डारीले उछिने 
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, सिंहलाई भण्डारीले उछिने  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। यसअघि कांग्रेसका उम्मेदवार अभिषेक सिंंहले अग्रता कायम गरेकोमा अहिले उनलाई एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले उछिनेका छन्। 
इलाम–२ मा ३७ सयको मतान्तरसहित सुहाङ अघि
इलाम–२ मा ३७ सयको मतान्तरसहित सुहाङ अघि इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार भन्दा बढीको अग्रता कायम राखेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार २ सय ७५ मत प्राप्त गरे। 
इलाम–२: यी उम्मेदवारले खाता पनि खोलेनन्, को–को छन् २० मत नकटाउने उम्मेदवार? 
इलाम–२: यी उम्मेदवारले खाता पनि खोलेनन्, को–को छन् २० मत नकटाउने उम्मेदवार?  इलाम क्षेत्र नं २ को मतगणना जारी रहेको छ। इलाम २ को जारी मतगणनामा २५ हजार ४ सय ५१ सदर मत हुँदा कुनै उम्मेदवारले खाता नै खोल्न नसकेको पाइएको छ। साडी चुनाव चिन्हबाट उम्मेदवार बनेका डाकप्रसाद गौतमको हालसम्म शून्य मत रहेको छ। त्यस्तै मौरी चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा होमिएका धनबहादुर...
स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या, एक जना पक्राउ
स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या, एक जना पक्राउ स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो।
बझाङमा कांग्रेसको अग्रता कायमै, कसको कति मत? 
बझाङमा कांग्रेसको अग्रता कायमै, कसको कति मत?  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार सिंहले हालसम्म ९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्।
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमिर पुटिनको हात नरहेको जनाएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु भए पनि उनलाई मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ।
सुहाङको मत १० हजारमाथि 
सुहाङको मत १० हजारमाथि  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेले २८५३ मतले अग्रता लिएको छ। भरखरै सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले १० हजार ३ मत पाएका छन्।उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन्।   पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ५९१ र रास्वपाका मिलन लिम्बूले १...
इलामको मतगणना आजै सक्ने तयारी, गणक टोली थपिँदै 
इलामको मतगणना आजै सक्ने तयारी, गणक टोली थपिँदै  मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम २ को मतगणनामा गणक टोली थप्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न गणक टोली थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना भइरहेको छ। अझै तीन पालिकाको मतगणना बाँकी...
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति चीनको दक्षिणी शहर ग्वाङझाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो आँधीबेहरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिशहरूले शहर र घर सरसफाइ गरिरहेका छन्।राज्य मिडियाद्वारा प्रकाशित हवाई तस्बिरहरूले शनिबार दिउँसो एक गर्जनको समयमा ग्वाङझाउको बाईयुन जिल्लामा धेरै समुदायहरूमा आँधीबेहरी आए पछि विनाशको...
२१ हजार ८१० मत गन्दा इलाममा २ हजार ६१८ मतले सुहाङ अघि 
२१ हजार ८१० मत गन्दा इलाममा २ हजार ६१८ मतले सुहाङ अघि  प्रतिनिधि सभा अन्तर्गत इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ। २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन्। सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन्।
Weather Update