News Griha :: न्यूजगृह
इलाम–२: यी उम्मेदवारले खाता पनि खोलेनन्, को–को छन् २० मत नकटाउने उम्मेदवार? 

काठमाडौं— इलाम क्षेत्र नं २ को मतगणना जारी रहेको छ। 

इलाम २ को जारी मतगणनामा २५ हजार ४ सय ५१ सदर मत हुँदा कुनै उम्मेदवारले खाता नै खोल्न नसकेको पाइएको छ। 

साडी चुनाव चिन्हबाट उम्मेदवार बनेका डाकप्रसाद गौतमको हालसम्म शून्य मत रहेको छ। 

त्यस्तै मौरी चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा होमिएका धनबहादुर रानाले हालसम्म २ मत प्राप्त गरेका छन्। 

त्यसैगरी माछा चुनाव चिन्हबाट प्रतिस्पर्धामा रहेका मनोज निरौला र कैँची चुनाव चिन्हबाट प्रतिष्पर्धामा रहेका योगेन्द्र गुरुङले ३–३ मत प्राप्त गरेका छन्। 

त्यस्तै जुंगा चुनाव चिन्हबाट प्रतिस्पर्धामा रहेका राज वश्यालले हालसम्म १४ मत प्राप्त गरेका छन् भने सुई चुनाव चिन्हबाट प्रतिस्पर्धामा रहेका दिपेश बोहोराले हालसम्म १८ मत मात्रै प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

शनिबार भएको उपनिर्वाचनमा षट्कोण चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा होमिएका जयवन्त विक्रम शाहले हालसम्म १८ मत प्राप्त गरे। 

त्यसो त मादल चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका श्यामबहादुर दर्जीले हालसम्म १३ मत प्राप्त गरेका छन्। इलाम–२ मा जारी मतगणनामा नेकपा

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन्। नेम्वाङले हालसम्म १० हजार ४ सय १९ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन्।

त्यसैगरी पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले हालसम्म ५ हजार ७ सय ५३ मत प्राप्त गरेका छन्। 

हाल मतगणना जारी रहेको छ।  

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:०३
Weather Update