News Griha :: न्यूजगृह
बझाङमा कांग्रेसको अग्रता कायमै, कसको कति मत? 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। 

निर्वाचन आयोगको तथ्यांक अनुसार सिंहले हालसम्म ९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्। 

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले हालसम्म ३ हजार ५ सय ८७ मत प्राप्त गरेका छन्, भने एकीकृत समाजवादीका दिलबमादुर सिंहले २ हजार ३ सय ७३ मत प्राप्त गर्दै चौथोँ स्थानमा रहेका छन्। 

त्यस्तै राप्रपाका किशोरकुमार खड्काले २२३ मत प्राप्त गरेका छन्। त्यस्तै अन्य उम्मेदवारहरु प्रतिस्पर्धाबाट बाहिरिएका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:३१
Weather Update