News Griha :: न्यूजगृह
घट्यो सुनको मूल्य

काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

Prabhu Bank

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३१
राजनीति
विशेष
Weather Update