बझाङमा २५ प्रतिशत मत गणना हुन बाँकी, कांग्रेसको अग्रता कायमै सोमबार, वैशाख १७, २०८१

डोटीमा एक पुरुषको शव फेला सोमबार, वैशाख १७, २०८१ जोरायल गाउँपालिका- ६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतबार मृत अवस्थामा फेला परेका हुन्।

इलाममा १६ हजार मतगणना, एमालेको अग्रता कायमै, कांग्रेस र पहिचानवादीबीच टक्कर सोमबार, वैशाख १७, २०८१ इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले कांग्रेसका डम्बरबहादुर खड्कालाई टक्कर दिने गरी मत प्राप्त गरेका छन्। तर ठूला दललाई चुनौती दिने ठानिएको रास्वपा इलाममा अहिलेसम्मको मतगणनामा भने कमजोर देखिएको हो।

हैदरावादमाथि चेन्नईको सानदार जित सोमबार, वैशाख १७, २०८१ चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो।२१३ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रन बनाएर अल आउट भयो। हैदरावादलाई अल आउट गर्ने क्रममा तुसार देशपाण्डेले ४ विकेट लिए।

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास सोमबार, वैशाख १७, २०८१ मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइएको छ। सिंहदरबार प्रवेशका लागि अनलाइनबाटै प्रवेशपासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको हो।

वीरगञ्जमा गोली चल्यो, भारतीय नागरिक घाइते सोमबार, वैशाख १७, २०८१ प्रहरीले वीरगञ्जमा गोली चलाएको छ। घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपित घाइते छन्।२०७९ असोजमा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए।घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन्। उनको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र पेस्तोल बरामद गरेको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ सोमबार, वैशाख १७, २०८१ बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका— ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो।
![इलाम २ मा सुहाङलाई २ हजार बढी मतको अग्रता [अपडेट]](https://newsgriha.com/uploads/posts/kp-oli-and-suhang-nembang-(1)-1713957575.jpg)
इलाम २ मा सुहाङलाई २ हजार बढी मतको अग्रता [अपडेट] सोमबार, वैशाख १७, २०८१ इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।
![बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता, एमाले २६४ मतले पछि [अपडेट]](https://newsgriha.com/uploads/posts/abhishek_singh_congress-1712215314.jpg)
बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता, एमाले २६४ मतले पछि [अपडेट] सोमबार, वैशाख १७, २०८१ बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन्।सुरुआतदेखि नै एमालेका दमनबहादुर भण्डारीले अग्रता कायम राखेका थिए। अहिले भने उनी कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका छन्।

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय आइतबार, वैशाख १६, २०८१ विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई सम्पत्ति शुद्धिकरण कसुरमा दोषी ठहर गरेको हो। न्यौपाने भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्षसमेत हुन्।

गुजरातविरुद्ध आरसीबीको सानदार जित आइतबार, वैशाख १६, २०८१ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)ले सानदार जित दर्ता गरेको छ। आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो। जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजरातको चौथो हार हो। टस हारेर पहिला ब्याटिङ गरेको...

इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो, कांग्रेसका डम्बरसँगको मतान्तर ८ सय आइतबार, वैशाख १६, २०८१ इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ।हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन्।अहिले फाकफोकथुम गाउँपालिकाको वडा ५ को मतगणना भइरहेको छ।

मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ आइतबार, वैशाख १६, २०८१ ठूलो स्वरमा बोलेको भन्दै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालीन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ। फुपुकी छोरी २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो।








