News Griha :: न्यूजगृह
डोटीमा एक पुरुषको शव फेला

डोटी— डोटीमा एक पुरुषको शव फेला परेको छ।

जोरायल गाउँपालिका- ६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतबार मृत अवस्थामा फेला परेका हुन्। 

दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 घटनाबारे इलाका प्रहरी कार्यालय बीपीनगर डोटीबाट अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:४८
Weather Update