News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा सुहाङलाई २ हजार बढी मतको अग्रता [अपडेट]

काठमाडौं— इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।

Prabhu Bank

उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्।  डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १ हजार १ सय ६२ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडाको मतगणना भइसकेको छ। 

अहिलेसम्म १५ हजार ९६८ मतगणना भएको हो। जसमा १८९ मत बदर भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:१७
राजनीति
विशेष
Weather Update