News Griha :: न्यूजगृह
बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता, एमाले २६४ मतले पछि [अपडेट]

काठमाडौं— बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन्।

सुरुआतदेखि नै एमालेका दमनबहादुर भण्डारीले अग्रता कायम राखेका थिए। अहिले भने उनी कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका छन्।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ७ हजार ४ सय ९२ मत ल्याएका छन्। उनलाई एमाले उम्मेदवार भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेर  पछ्याइरहेका छन्।

त्यस्तै, माओवादीका जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:०६
Weather Update