News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गुजरातविरुद्ध आरसीबीको सानदार जित 

काठमाडौं— इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)ले सानदार जित दर्ता गरेको छ। आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो। 

जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजरातको चौथो हार हो। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो। गुजरातका लागि साइ सुदर्शनले ८४ रनको नटआउट पारि खेल्दा मोहमद सारुख खानले ५८ रनको पारि खेले। 

Prabhu Bank

सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए। यसैगरी सारुख खानले ३० बलमा ५८ रन बनाउँदा पाँच छक्का र तीन चौका प्रहार गरे। यसैगरी डेभिड मिलरले नटआउट २६ रन बनाउँदा कप्तान शुभमन गिलले १६ रन बनाए । बेंग्लुरुका लागि स्वपनिल सिंह, मोहमद सिराज र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए।

२०१ रनको लक्ष्यसहित मैदान उत्रिएको आरसीबीको सुरुआत राम्रो भएको थियो। ३.५ ओभरमा टिमको स्कोर ४० रन हुँदा पहिलो विकेट कप्तान फाफ डु प्लेसि १२ बलमा २४ रन बनाएर आउट भए।

उनले तीन छक्का र एक चौका प्रहार गरेर बिदा भएका थिए। उनलाई साइ किशोरले आउट गरेका थिए। त्यसपछि विराट कोहली र विल ज्याकले खेल जिताए। विल ज्याकले नटआउट शतकीय पारि खेल्दा कोहलीले अर्धशतकीय पारि खेले।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:५०
राजनीति
विशेष
Weather Update