News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाममा १६ हजार मतगणना, एमालेको अग्रता कायमै, कांग्रेस र पहिचानवादीबीच टक्कर

काठमाडौं— इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले कांग्रेसका डम्बरबहादुर खड्कालाई टक्कर दिने गरी मत प्राप्त गरेका छन्।

तर ठूला दललाई चुनौती दिने ठानिएको रास्वपा इलाममा अहिलेसम्मको मतगणनामा भने कमजोर देखिएको हो।

Prabhu Bank

फाकफोकथुमका सबै ७ वटा र चुलाचुलीका ३ वटा वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्वाङ ७ हजार ६७७ मतका साथ पहिलो नम्बरमा छन्। २ हजार २८२ मतले कांग्रेसका डम्बर खड्का पछाडि छन्। 

खड्काको ५ हजार ३९५ मत आएको छ। तर उनलाई स्वतन्त्रका थेगिमले पछ्याएइरहेका छन्। थेगिमले ४ हजार ५८ मत ल्याएका हुन्। चुलाचुली मतगणनामा थेगिमले एमालेपछिको बढी मत प्राप्त गरेका हुन्। रास्वपाका मिलन लिम्बूले १ हजार १६२ मत मात्रै ल्याएका हुन्। 

चुलाचुली ३ र ४ मा एमालेले ६४४, मुढा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार थेगिमले  ५४५ र कांग्रेसले २८६ मत प्राप्त गर्दा रास्वपाले ६० मात्रै मत पाएको छ। 

शनिबार भएको उपनिर्वाचन अन्तर्गत इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो। जसमा  १६ हजार १४३ मत गणना भइसकेको छ। यो भनेको साढे २३ भन्दा बढी प्रतिशत हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:२३
राजनीति
विशेष
Weather Update