News Griha :: न्यूजगृह
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक— बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका— ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो। 

प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाई तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो।    

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:२५
Weather Update