News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं— मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइएको छ।

सिंहदरबार प्रवेशका लागि अनलाइनबाटै प्रवेशपासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको हो। 

Prabhu Bank

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा सोमबारदेखि काम विशेषले गृह मन्त्रालय प्रवेश गर्ने व्यक्तिहरूका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ। 

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ।

मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जीओभी डट एनपी’ लगइन गरेर आवेदन दिएर प्राप्त गर्न सकिनेछ। परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालय/निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:००
राजनीति
विशेष
Weather Update