News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौं— ठूलो स्वरमा बोलेको भन्दै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालीन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ। 

फुपुकी छोरी २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो।

Prabhu Bank

सुनमाया मामा(समरका बुबा)सँग काठमाडौंको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन। २०७० कात्तिक १ मा उनी आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटना अनुसन्धान गर्दा काठमाडौंमा ज्यामी काम गर्ने समरबहादुर बुबालाई भेट्न आश्रम जाने गरेको खुल्यो। २०७१ असोज ३१ गते बेलुका बुबा बाहिर गएका कारण कोठामा समर र सुनमाया मात्र थिए।

दुवै जनाले बेलुकाको खाना खाएपश्चात् सुतिसके पछि सुनमायाले मोबाइलमा कुरा गर्दा समरले ‘ठूलो स्वरमा कुरा नगर, म थाकेर आएको छु सुत्न देउ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको बताइएको छ।

dsp_surakshya_kc-1714313328.jpg
डीएसपी सुरक्षा केसी

विवाद बढ्दै जाँदा सुनमायाले समरलाई हँसियाले प्रहार गरेकी थिइन। घटनामा समरको बूढी औँलामा चोट लागेको थियो।

उक्त हँसिया खोस्दा सुनमायाले हातमा टोकेपछि समरले सुनमायाको टाउकोमा हिर्काए। सुनमाया बेहोस भइन। लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची मारेर शव नजिकैको शौचालयमा पुर्‍याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन।

सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए। केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:५४
Weather Update