आईसीसी टी२० विश्वकप खेल्ने सन्दीपको सम्भावना लगभग समाप्त आइतबार, वैशाख १६, २०८१

इलाम २ मा कांग्रेसका खड्कालाई रोक्दै एमालेका नेम्वाङले लिए अग्रता, रास्वपाका लिम्बू चौथो आइतबार, वैशाख १६, २०८१ इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन्।१,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन्। वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत...

पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न आइतबार, वैशाख १६, २०८१ पाँच दिन सम्म नगरकोटमा चलेको सो तालिम स्काएफ नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रबर्द्धन केन्द्र, निर्माण व्यवसाय महासङ्घको सहयोगमा भएको हो। तालिममा २७ जना प्रशिक्षार्थी सहभागी थिए।

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ आइतबार, वैशाख १६, २०८१ उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनी ठगी गर्ने गरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

टिकटक बन्द गर्दा नेपालले के गुमायो? आइतबार, वैशाख १६, २०८१ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भीपीएनको प्रयोग ह्वात्तै बढेको छ। नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि वैकल्पिक उपायको खोजीमा फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राखिरहेका छन्। इन्टरनेटमा उपलब्ध हुने फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम बढेको...
-1714297615.jpg)
बझाङमा एमाले अग्र स्थानमै, माओवादीले कांग्रेसलाई उछिन्यो आइतबार, वैशाख १६, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। सुरुवातबाटै अग्रता कायम गरेका भण्डारीले हालसम्म १ हजार ५ सय ५ मत प्राप्त गरेका छन्।

इलाम–२: खड्काले मतान्तर बढाउँदै, कसको कति मत? आइतबार, वैशाख १६, २०८१ इलाम क्षेत्र नं २ को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका डम्बर खड्काले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। जारी मतगणनामा हालसम्म खड्काले १ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।

सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा आइतबार, वैशाख १६, २०८१ क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। आइतबारका लागि उच्च अदालत पाटनमा पेसी तोकिएको थियो। तर समय अभावका कारण न्यायाधीशले ‘हेर्न नभ्याइने’ मा राखेका हुन्।

बझाङ अपडेटः एमालेका भण्डारी कांग्रेस भन्दा दोब्बर मतले अगाडी आइतबार, वैशाख १६, २०८१ बझाङ प्रदेश सभा (१) को जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बताएका छन्। हालसम्म भण्डारीले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर भण्डारीले पच्छ्याइरहेका छन्। उनले ७ सय ६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सहकारी पीडित भन्छन्– जीबी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन आइतबार, वैशाख १६, २०८१ सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन्। गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निर्णयमा आशंका रहेको सहकारी पीडितहरु बताउँछन्।
-1714301268.jpg)
राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ आइतबार, वैशाख १६, २०८१ राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनियताको शपथ लिएकी छन्।संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन्।

लगानी सम्मेलनले शेयर बजारमा सकारात्मक संकेत, १४ अंकले बढ्यो नेप्से आइतबार, वैशाख १६, २०८१ साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला शेयर बजारको संकेत पनि सकारात्मक छ। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ बिन्दुमा आइपुगेको छ। ६८ लाख ७८ हजार १६९ कित्ता शेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल पराजित आइतबार, वैशाख १६, २०८१ नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ। जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा...









