News Griha :: न्यूजगृह
बझाङमा एमाले अग्र स्थानमै, माओवादीले कांग्रेसलाई उछिन्यो 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। 

सुरुवातबाटै अग्रता कायम गरेका भण्डारीले हालसम्म १ हजार ५ सय ५ मत प्राप्त गरेका छन्। 

यसअघि दोस्रो स्थानमा रहेका नेपाली कांंग्रेसका अभिषेक सिंहलाई माओवादीका जनकबहादुर बुढाले उछिनेका छन्। 

 

माओवादीका बुढाले ९९५ मत ल्याउँदा कांग्रेसका सिंहले भने ९१८ मत प्राप्त गरेका छन्। 

त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७२ मत प्राप्त गरेका छन्, भने राप्रपाका किशोरकुमार खड्का १८ मतसहित पाचौँ स्थानमा रहेका छन्। 

हाल मतदान जारी रहेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:०१
Weather Update