News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

काठमाडौं— सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ् फर्म्स (स्काएफ) नेपालले प्रारम्भिक चरणका इन्जिनियरहरूलाई पुल डिजाइन सम्बन्धी तालिम दिएको छ। 

पाँच दिन सम्म नगरकोटमा चलेको सो तालिम स्काएफ नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रबर्द्धन केन्द्र, निर्माण व्यवसाय महासङ्घको सहयोगमा भएको हो। तालिममा २७ जना प्रशिक्षार्थी सहभागी थिए। 

Prabhu Bank

वैशाख ९ गतेदेखि सुरु भएको तालिमको उद्घाटन स्काएफका अध्यक्ष ई. ठाकुरप्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ई. ललि जङ खनालले संयुक्त रूपमा गरेका थिए। 

स्काएफ नेपालका महासचिव तथा तालिम निर्देशक ई. कमल कार्कीले देश विकासको लागी टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए।

त्यसैगरी खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा सञ्चालित प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी प्राइमाभेराको उच्चस्तरीय तालिममा २९ जना को सहभागिता थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:०९
Weather Update