News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लगानी सम्मेलनले शेयर बजारमा सकारात्मक संकेत, १४ अंकले बढ्यो नेप्से 

काठमाडौं— साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला शेयर बजारको संकेत पनि सकारात्मक छ। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ बिन्दुमा आइपुगेको छ। 

६८ लाख ७८ हजार १६९ कित्ता शेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को बिन्दुमा थियो भने ६३ लाख १२ हजार ५ सय ५२ कित्ता शेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा किनबेच भएको थियो।

Prabhu Bank

आइतबार १३ मध्ये व्यापारबाहेक सबै उपसमूह बढेका छन्। सर्वाधिक ३.९८ प्रतिशतको बढोत्तरी देखिएको फाइानान्स उपसमूहले बजार परिसूचक उचालेको हो। शेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन् । 

१७९ कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयरमूल्य स्थिर रह्यो ।

शेयरमूल्य बढ्नेमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स, किसान लघुवित्तलगायत छन्।

शेयर कारोबार धेरै हुनेमा पोखरा फाइनान्स अगाडि छ। उक्त कम्पनीको १३ करोड ५ लाखको शेयर किनबेच भएको छ । यस्तै मन्टिपर्पोज फाइनान्सको  १० करोड ९ लाख, पिपुल्स पावरको ९ करोड ८५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

शेयर मूल्य घट्नेमा रिभर फल्स पावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, गरिमा डिबेञ्चर–२०८५, छ्याङदी हाइड्रोपावरलगायत छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:२८
Weather Update