News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा कांग्रेसका खड्कालाई रोक्दै एमालेका नेम्वाङले लिए अग्रता, रास्वपाका लिम्बू चौथो

इलाम— इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

१,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन्। वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ।

Prabhu Bank

त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बूले ३७९ मत पाएका छन्।

४२ मध्ये ४ वटा वडाको मतगणना सम्पन्न भएको छ। फाकफोकथुम १,२,३,४ जम्मा वडा को ५ हजार ७७८ मत गणना भएको हो। अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:१७
Weather Update