लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुई सम्झौता आइतबार, वैशाख १६, २०८१

नेपालका बलरसामु वेस्ट इन्डिज दबाबमा, झर्यो चौथो विकेट आइतबार, वैशाख १६, २०८१ वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट लिएको छ। तेस्रो र चौथो विकेट कुशल भुर्तेल लिएका हुन् भने पहिलो र दोस्रो विकेट सागर ढकालले लिएका हुन्।

प्रधानमन्त्रीको आग्रहः नेपाल उदार आर्थिक नीतिप्रति प्रतिवद्ध छ, लगानी गर्नुहोस् आइतबार, वैशाख १६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को आज काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए।

सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको दुई विकेट आइतबार, वैशाख १६, २०८१ घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ। वेस्ट इन्डिजको दुवै विकेट सागर ढकालले लिएका हुन्।उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई बोल्ड गरेका हुन्।

अब चीन जान नेपालीलाई भिसा शुल्क नलाग्ने आइतबार, वैशाख १६, २०८१ छिमेकी देश चीनले नेपालीलाई भिसा शुल्क नलिने भएको छ। आगामी मे १ तारिखबाट नेपालीलाई यसअघि लिँइदै आइएको भिसा शुल्न नलिने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भिसा शुल्न नलिने घोषणा गरेको दूतावासले जनाएको छ।

बझाङको मतगणना दिउँसो १ बजेबाट हुने आइतबार, वैशाख १६, २०८१ बझाङ प्रदेशसभा (१) को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ। केहीबेरअघि सकिएको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। शनिबार सम्पन्न उपनिर्वाचनको मतपेटिका आइतबार बिहान मात्र चैनपुर आइपुगेको थियो।

बझाङमा सर्वदलीय बैठक जारी आइतबार, वैशाख १६, २०८१ बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ। केहीबेरअघिदेखि बैठक जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।उनका अनुसार बैठकले आचारसंहितामा तयार गर्नेछ र त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।
-1714286381.jpg)
इलाम–२ को मतगणना सुरु आइतबार, वैशाख १६, २०८१ शनिबार सम्पन्न इलाम क्षेत्र नं २ को मतगणना सुरु भएको छ।सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो।बिहान ११ बजेबाट मतगणना सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिला भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो।

वेस्ट इन्डिजविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्ने आइतबार, वैशाख १६, २०८१ नेपालले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्ट इन्डिज ए का कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले हराएको थियो। २०५ रनको लक्ष्य नेपालले १९.४...

इराकमा टिकटक स्टार फहादको गोली हानी हत्या आइतबार, वैशाख १६, २०८१ उम्म फाहदको नामले चिनिने इराकी सोसल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ। उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ।

तेस्रो लगानी सम्मेलनः एक सय ५१ परियोजना प्रस्तुत हुने आइतबार, वैशाख १६, २०८१ नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ। आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले ती परियोजना प्रस्तुत गर्ने भएको छ। कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक प्रगतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्य सहित सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरिसकेका छन्।

अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी आइतबार, वैशाख १६, २०८१ गुगलको मुख्य कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ। शुक्रबार अल्फाबेटको शेयर मूल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो।अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो। योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ।

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छः चन्द्र ढकाल आइतबार, वैशाख १६, २०८१ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीका सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए।









