News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अब चीन जान नेपालीलाई भिसा शुल्क नलाग्ने  

काठमाडौं— छिमेकी देश चीनले नेपालीलाई भिसा शुल्क नलिने भएको छ। 

आगामी मे १ तारिखबाट नेपालीलाई यसअघि लिँइदै आइएको भिसा शुल्न नलिने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। 

Prabhu Bank

नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भिसा शुल्न नलिने घोषणा गरेको दूतावासले जनाएको छ। 

भिसा शुल्न नलिए पनि एक्सप्रेश शुल्क २७ सय र सेवा शुल्क भने ४ हजार नेपाली रुपैयाँ लाग्नेछ। 

नेपालले भने चिनियाँ नागरिकलार्ई यसअघि पनि भिसा शुल्न लिने गरेको थिएन। 

सन २०२४ मे १ तारिखबाट नेपालीलाई भिसा शुल्क नलिने नियम लागू हुनेछ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:४५
Weather Update