News Griha :: न्यूजगृह
यी स्थानमा वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम
यी स्थानमा वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई...
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का 
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का  इङ्लिस प्रिमियर लिगमा लिभरपुलको उपाधि यात्रामा अर्को धक्का लागेको छ।अघिल्लो खेलमा एभर्टनसँग पराजित भएको लिभरपुलले शनिबार वेस्ट ह्यामसँग २-२ को बराबरी खेल्दै अंक गुमायो। 
इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै इलाम २ मा मतगणनामा ढिलाइ भएको छ। यसअघि शनिबार राति करिब १०–११ बजेपछि मतगणना शुरु हुने भनिएको थियो। तर मतपेटिका अबेर राति १ बजे मात्र सदरमुकाम आएपछि निर्धारित समयमा मतगणना शुरु नसकेको हो।शनिबार राति नै मतगणना गर्नेमा नेकपा एमालेले असहमति जनाइरहेको थियो। एमालेका लागि इलामका चुनावी कमान्डर कृष्ण काफ्लेले...
तेस्रो लगानी लगानी सम्मेलन आजदेखि, १६ सय बढी लगानीकर्ता सहभागी हुँदै
तेस्रो लगानी लगानी सम्मेलन आजदेखि, १६ सय बढी लगानीकर्ता सहभागी हुँदै लगानी बोर्डले दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ। लगानी सम्मेलन आदेखि सुरु हुँदैछ। सम्मेलन सोमबारसम्म चल्नेछ। सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सय लगानीकर्ता सहभागी हुने लगानी बोर्डको कार्यालयले जानकारी दिएको हो। बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो...
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, शनिबार डेढ लाख बढीको सहभागिता
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, शनिबार डेढ लाख बढीको सहभागिता हिन्दु धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोसी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धर्मग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए। बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको महाकुम्भ मेला वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ। 
इलाम-२ को मतगणना अपडेट प्रत्येक घण्टामा, चोकबजारको डिस्प्लेमा देखाइने
इलाम-२ को मतगणना अपडेट प्रत्येक घण्टामा, चोकबजारको डिस्प्लेमा देखाइने सदरमुकामस्थित सिटी हलमा मतपेटिका जम्मा भएपछि आजै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सिटीहलको एक कोठामा तारजारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्नेगरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ। निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ।इलाम- २ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ। आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका...
मुम्बई इन्डियनसमाथि दिल्लीको रोमाञ्चक जित
मुम्बई इन्डियनसमाथि दिल्लीको रोमाञ्चक जित इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियनसलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो।  दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो। 
यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत [भिडिओसहित]
यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत [भिडिओसहित] प्रेमिल गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर सुन्न सकिन्छ। गीतमा रोमनकै शब्द र सङ्गीतमा रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। भिडिओमा अनमोल र जसिताको अनस्क्रिन रोमान्स देख्न सकिन्छ।
इलाम-२ मा ५८ प्रतिशत मतदान, मत गणनाको तयारी 
इलाम-२ मा ५८ प्रतिशत मतदान, मत गणनाको तयारी  इलाम क्षेत्र नं २ मा ५८ प्रतिशत मतदान भएको छ। शनिबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको हो।यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ। अहिले मतपेटिकाहरू संकलन सुरु भएको छ।
६८ किलो गाँजासहित दुई जना पक्राउ
६८ किलो गाँजासहित दुई जना पक्राउ उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो।
समुन्द्रमा बिछ्‌याइएको अप्टिकल फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट
समुन्द्रमा बिछ्‌याइएको अप्टिकल फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउँछौ। इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन्। कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ।पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ।...
Weather Update