News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम-२ को मतगणना अपडेट प्रत्येक घण्टामा, चोकबजारको डिस्प्लेमा देखाइने

काठमाडौं— प्रतिनिधि सभा इलाम क्षेत्र २ मा शनिबार भएको उपनिर्वाचनमा ५८ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ५८ प्रतिशत मत खसेको देखिएको जनाएको छ।

यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।

Prabhu Bank

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ५८ प्रतिशत मत खसेको बताए।

‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो।’

इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए। अब मतपेटिका ल्याउनेक्रम सुरु भएको उनको भनाइ छ।

सदरमुकामस्थित सिटी हलमा मतपेटिका जम्मा भएपछि आजै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिटीहलको एक कोठामा तारजारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्नेगरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गणनास्थलमा ११ सीसी क्यामेरा जडान गरिएको छ।

‘गणनाको अंक प्रत्येक घण्टामा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘इलाम चोकबजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी गर्दैछौं।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:०९
Weather Update