लगानी सम्मेलन चलिरहँदा राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश आइतबार, वैशाख १६, २०८१

लगानी सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्रीले भने– नेपाल लगानीको आकर्षक गन्तव्य हो आइतबार, वैशाख १६, २०८१ अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। काठमाडौंमा आजबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए।

बझाङ उपनिर्वाचनः ११ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने आइतबार, वैशाख १६, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना बिहान ११ बजेपछि हुने भएको छ। मतपेटिका सबै संकलन कार्य सकिसकेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले न्यूजगृहलाई जानकारी दिए। ११ बजेपछि सर्वदलीय बैठक बोलाइएको र सर्वदलीय बैठकपछि मतगणना हुने उनले बताए। ‘सबै मतपेटिकाको संकलन कार्य सकिसकेको छ। ११ बजे सर्वदलीय बैठक बोलाइएको छ।...

तेस्रो लगानी सम्मेलन सुरु आइतबार, वैशाख १६, २०८१ काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ।भोलिसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरू शोकेसमा राखिएको उनले बताए। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै आइतबार, वैशाख १६, २०८१ क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम ढकालको इजलासमा वैशाख १० गते पेसी तोकिएको थियो।

मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’ आइतबार, वैशाख १६, २०८१ आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

इलाम २ को मतगणना ११ बजेदेखि आइतबार, वैशाख १६, २०८१ इलाम २ मा मतगणना बिहान ११ बजेपछि मात्र हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ।कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते आइतबार, वैशाख १६, २०८१ लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको जीप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए।

देशभर तापक्रम वृद्धि, तराई र काठमाडौंमा आजदेखि पाँच दिन 'हिटवेव', उच्च सतर्कता अपनाउन आग्रह आइतबार, वैशाख १६, २०८१ विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले उल्लेख गरेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने...

बझाङमा मतपेटिका संकलनको काम सकियो, मतगणना बिहान १० बजेपछि आइतबार, वैशाख १६, २०८१ बझाङमा मतपेटिका संकलन सकिएको छ। बझाङ १ नम्बर प्रदेश सभाको उपचुनाव अन्तर्गत शनिबार मतदान भएको थियो। सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए। आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटिका दुई पटक हेलिकप्टरमार्फत मतगणना स्थल चैनपुरमा ल्याइएको प्रजिअ कुइँकेलले बताए।

बझाङमा ९० केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो, तीन केन्द्रको लिन हेलिकप्टर उड्यो आइतबार, वैशाख १६, २०८१ बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ।सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३ केन्द्रको मतपेटिका केहीबेरमा ल्याइने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
![यस्तो छ विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ विदेशी मुद्राको विनिमयदर [सूचीसहित] आइतबार, वैशाख १६, २०८१ नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ।

नेपाल र वेस्ट इन्डिज 'ए'बीचको दोस्रो खेल आज आइतबार, वैशाख १६, २०८१ नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन्।


-1714282972.jpg)






