News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

Prabhu Bank

उनले त्यसबारे टोल छिमेक वा आफन्तहरूलाईसमेत जानकारी दिन आग्रह गरेका छन्। 

प्रमुख बालेनले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:२८
Weather Update