News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा ९० केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो, तीन केन्द्रको लिन हेलिकप्टर उड्यो
प्रतीकात्मक तस्बिर।

काठमाडौं— बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ।

सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३ केन्द्रको मतपेटिका केहीबेरमा ल्याइने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

Prabhu Bank

उनका अनुसार तीन केन्द्रको मतपेटिका लिन हेलिकप्टर उडिसकेको छ। हिजो बझाङ आएको हेलिकप्टर अहिले बिहान मतपेटिका ढुवानी गर्न साइपाल प्रस्थान गरेको हो।

साइपालका तीन केन्द्रको मतपेटिका आए लगत्तै सर्वदलीय बैठक बस्ने र मतगणना सुरु गर्ने तयारी छ। 

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात् ४९.१२ प्रतिशत मात्रै मत खसेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०७:३६
Weather Update