News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा मतपेटिका संकलनको काम सकियो, मतगणना बिहान १० बजेपछि 

काठमाडौं— बझाङमा मतपेटिका संकलन सकिएको छ। बझाङ १ नम्बर प्रदेश सभाको उपचुनाव अन्तर्गत शनिबार मतदान भएको थियो। 

सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए।  

Prabhu Bank

आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत मतगणना स्थल चैनपुरमा ल्याइएको प्रजिअ कुइँकेलले बताए। 

उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरु गरिने उनले बताए। 

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए। ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो।

साइपालबाहेक अन्य ठाउँका मतदानस्थलबाट मतपेटिका शनिबारनै ढुवानीको भएको थियो।

यसअघि त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्यमा विजयी भएका थिए। मन्त्री बनेपछि गृह जिल्ला फर्किँने बेला उनी सवारी दुर्घटनामा परेर निधन भएको थियो।

बझाङ–१ मा विभिन्न दलका ११ जना उम्मेदवार छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:४३
Weather Update