News Griha :: न्यूजगृह
इलाममा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान, भोलिसम्म अन्तिम परिणाम आइसक्ने 
इलाममा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान, भोलिसम्म अन्तिम परिणाम आइसक्ने  इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हो। उनले ६६ हजार मत खसेको बताए। सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता छन्।इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि...
यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ
यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिस भट्ट छन् ।भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए। विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ। 
चर्चित भारतीय टीभी सिरियल ‘तारक मेहता का उल्टा चस्मा’ का अभिनेता ‘सोडी’ बेपत्ता
चर्चित भारतीय टीभी सिरियल ‘तारक मेहता का उल्टा चस्मा’ का अभिनेता ‘सोडी’ बेपत्ता उनको खोजीका लागि अलगअलग टोली परिचालन गरिएको प्रहरीको भनाइ छ। प्रहरीले उनको खोजी गर्न सीसीटीभी फुटेज नियालिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 
उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना, बझाङमा भोलिमात्र
उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना, बझाङमा भोलिमात्र निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति सुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै सुरु हुने सम्भावना रहेको बताए। उनले सोहीअनुसार निर्देशन दिइएको पनि बताए।
आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग
आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग इलाम-२ मा रास्वपा  बाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उलङ्घन गरेका छन्। लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलङ्घन भएको हो।उनले कोट बाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उलङ्घन गरेका हुन्।
बझाङमा २६ हजार मत खस्यो
बझाङमा २६ हजार मत खस्यो बझाङ प्रदेश सभा निर्वाचन  ९१ ० मा भइरहेको उपनिर्वाचन अन्तर्गत उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ।
इलाम २ मा ६० हजार मत खस्यो
इलाम २ मा ६० हजार मत खस्यो इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ।अहिले ३ बजेर ३० मिनेट सम्मको अपडेटअनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो।
कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी
कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ।शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो।नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो। 
वेस्ट इन्डिज 'ए' विरुद्ध रोहित पौडेलको शतक
वेस्ट इन्डिज 'ए' विरुद्ध रोहित पौडेलको शतक वेस्ट इन्डिज ए विरुद्धको टी-२० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन्। त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।
वेस्ट इन्डिज ‘ए’ विरूद्ध रोहितले बनाए अर्धशतक
वेस्ट इन्डिज ‘ए’ विरूद्ध रोहितले बनाए अर्धशतक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’विरूद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन्। वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ११औँ औभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका हुन्।
‘वाइवाइ’ मा एसिड भ्यालु धेरै भेटिएकोप्रति चौधरी ग्रुपको प्रष्टीकरण
‘वाइवाइ’ मा एसिड भ्यालु धेरै भेटिएकोप्रति चौधरी ग्रुपको प्रष्टीकरण काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार बाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ। चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ...
इलाम–२ उपनिर्वाचनः  हालसम्म ४३ प्रतिशत मत खस्यो 
इलाम–२ उपनिर्वाचनः  हालसम्म ४३ प्रतिशत मत खस्यो  इलाम क्षेत्र नं २ मा जारी उपनिर्वाचनको मतदानमा हालसम्म ४३ मत खसेको छ। साढे २ बजेसम्मको तथ्यांक अनुसार हालसम्म ४३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। ‘अहिलेसम्म ४३ प्रतिशत मत खसेको छ,’ उनले भने। त्यस्तै अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए। 
Weather Update