News Griha :: न्यूजगृह
इलाम–२ उपनिर्वाचनः  हालसम्म ४३ प्रतिशत मत खस्यो 

काठमाडौं— इलाम क्षेत्र नं २ मा जारी उपनिर्वाचनको मतदानमा हालसम्म ४३ मत खसेको छ। 

साढे २ बजेसम्मको तथ्यांक अनुसार हालसम्म ४३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। 

‘अहिलेसम्म ४३ प्रतिशत मत खसेको छ,’ उनले भने। 

त्यस्तै अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए। 

बिहान ७ बजेबाट इलाममा मतदान सुरु भएको हो। 

१९ जना उम्मेदवार रहेको इलाम क्षेत्र नं २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:४७
Weather Update