News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा ६० हजार मत खस्यो

इलाम— इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ।

अहिले ३ बजेर ३० मिनेट सम्मको अपडेटअनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो।

Prabhu Bank

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्। बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ।

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम २ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:१७
Weather Update