News Griha :: न्यूजगृह
बझाङमा २६ हजार मत खस्यो

बझाङ — बझाङ प्रदेश सभा निर्वाचन  (१)मा भइरहेको उपनिर्वाचन अन्तर्गत उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ। 

बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अपरान्ह ३ बजेसम्म २६ हजार १८० मतदाताले मतदान गरिसकेका छन्।

उनका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

चुनावलाई स्वच्छ र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। यहाँ ६१ हजार सात सय ४८ मतदाता रहेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:२६
Weather Update