News Griha :: न्यूजगृह
यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ

काठमाडौं— नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिस भट्ट छन् ।

भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए। विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ। 

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार उनलाई काठमाडौंबाट नियन्त्रण लिइएको हो।

यसबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए।

उनले यो विषय यसअघि अनुसन्धान भइरहेको नक्कली लाइसेन्स प्रकरणसँग भने सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:५२
Weather Update