News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा पनि सकियो मतदान, ५० प्रतिशत हाराहारीमा मत खसेको अनुमान 

बझाङ— बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं  १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ।

२९ हजार ७३८ मत खसेको प्रारम्भिक जानकारी प्राप्त भइसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

Prabhu Bank

प्राप्त विवरणअनुसार ४८.१६ प्रतिशत मत खसेको छ। सम्पूर्ण केन्द्रको विवरण प्राप्त भएपछि यो संख्या ५० प्रतिशत हाराहारी पुग्न सक्ने जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए।

मतदान अधिकृतहरू मतपेटिकाको सुरक्षित ढुवानीमा व्यस्त भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेकोले सम्पूर्ण विवरण आउन केही समय लाग्ने उनले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:१०
Weather Update