वेस्ट इन्डिज 'ए' विरुद्ध रोहित पौडेलको शतक

काठमाडौं— वेस्ट इन्डिज ए विरुद्धको टी-२० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन्। त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।
पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २४, ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६१६ रनमा आउट भए। त्यस्तै विवेक यादव ७ रन बनाउँदै आउँट भए। अहिले क्रिजमा गुल्सन झा आएक छन्।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १५:४९