News Griha :: न्यूजगृह
आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

काठमाडौं— इलाम-२ मा रास्वपा  बाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उलङ्घन गरेका छन्। लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलङ्घन भएको हो।

उनले कोट बाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उलङ्घन गरेका हुन्।

उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन्।

लिम्बूले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलङ्घन भएको उजुरीपछि सो तस्बिर हटाएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:५९
Weather Update