News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाममा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान, भोलिसम्म अन्तिम परिणाम आइसक्ने 

काठमाडौं— इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हो। उनले ६६ हजार मत खसेको बताए। सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता छन्।

इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि कम मत खसेको बताए। इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन्। उनीहरूमध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन्। बाँकी स्वतन्त्र उम्मेदवार हुन्।

Prabhu Bank

मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने र रातिबाटै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत घिमिरे बताए। उनका अनुसार २ वटा काउन्टरबाट मत गणना हुनेछ। उनले मतगणनाको आवश्यक तयारी भएको बताए।

मतपेटिका सङ्कलन भएसँगै सर्वदलीय बैठक बसी आज रातिबाटै मत गणना सुरु गर्ने र भोलि बेलुकासम्ममा अन्तिम परिणाम घोषणा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत घिमिरे बताए।

उनले भने, ‘मतपत्र सानो र थोरै उम्मेदवार भएकाले छिट्टै मतगणना सम्पन्न हुनेछ। हामीले यसको तयारी गरेका छौं।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:०३
Weather Update