News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ‘ए’ विरूद्ध रोहितले बनाए अर्धशतक

काठमाडौं— कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’विरूद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन्। 

वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ११औँ औभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका हुन्।

त्यसअघि नेपालले तीन विकेट गुमाइसकेको छ। 

खेलमा कुशल भूर्तेत, कुशल मल्ल र अनिल साह आउट भएका हुन्। 

यो समाचार तयार पार्दासम्म नेपालले १३६ रन बनाएको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:३०
Weather Update