News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना, बझाङमा भोलिमात्र

काठमाडौं— निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति सुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै सुरु हुने सम्भावना रहेको बताए। उनले सोहीअनुसार निर्देशन दिइएको पनि बताए।

Prabhu Bank

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए।

इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए। आयोगका अनुसार साढे ४ बजेसम्म इलाममा ५५ प्रतिशत मतदान भएको छ ।

त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए। आयोगका अनुसार बझाङमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:१४
Weather Update