News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लगानी सम्मेलन चलिरहँदा राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश 

काठमाडौं— लगानी सम्मेलन चलिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन्। 

लगानी सहजीकरणका लागि सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन्। 

Prabhu Bank

गत वैशाख १० गते बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। 

केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी सम्मेलन उद्घाटन गरेका छन्। लगानी सम्मेलनको उद्घाटनपछि राष्ट्रपति पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन्। 

 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:२८
Weather Update