News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङ उपनिर्वाचनः ११ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना बिहान ११ बजेपछि हुने भएको छ। 

मतपेटिका सबै संकलन कार्य सकिसकेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले न्यूजगृहलाई जानकारी दिए। 

११ बजेपछि सर्वदलीय बैठक बोलाइएको र सर्वदलीय बैठकपछि मतगणना हुने उनले बताए।  

Prabhu Bank

‘सबै मतपेटिकाको संकलन कार्य सकिसकेको छ। ११ बजे सर्वदलीय बैठक बोलाइएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु हुन्छ,’ उनले भने।

उनका अनुसार शनिबार सम्पन्न भएको मतदानको मतपेटिका आइतबार बिहान मात्र केन्द्रमा आइपुगेको थियो।  

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ९१० मा शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए। ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो।

साइपालबाहेक अन्य ठाउँका मतदानस्थलबाट मतपेटिका शनिबारनै ढुवानीको भएको थियो।

यसअघि त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्यमा विजयी भएका थिए। मन्त्री बनेपछि गृह जिल्ला फर्किँने बेला उनी सवारी दुर्घटनामा परेर निधन भएको थियो।

बझाङ–१ मा विभिन्न दलका ११ जना उम्मेदवार छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२३
Weather Update