News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम-२ मा ५८ प्रतिशत मतदान, मत गणनाको तयारी 

इलाम — इलाम क्षेत्र नं २ मा ५८ प्रतिशत मतदान भएको छ। शनिबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ५८ प्रतिशत मतदान भएको हो।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ। अहिले मतपेटिकाहरू संकलन सुरु भएको छ।

Prabhu Bank

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। इलाम-२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

मतपेटिका संकलन पछि सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालय मत गणनाको तयारीमा जुटेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:४४
Weather Update