News Griha :: न्यूजगृह
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का 
बीबीसी

काठमाडौं— इङ्लिस प्रिमियर लिगमा लिभरपुलको उपाधि यात्रामा अर्को धक्का लागेको छ।

अघिल्लो खेलमा एभर्टनसँग पराजित भएको लिभरपुलले शनिबार वेस्ट ह्यामसँग २-२ को बराबरी खेल्दै अंक गुमायो। 

पहिलो हाफमा ब्राउनको गोलबाट वेस्ट ह्यामले अग्रता लियो। ४८ मिनेटमा लिभरपुलका लगि रोबर्टसनले बराबरी गोल गरे।

६५ मिनेटमा एरोओलाले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता लियो। तर वेस्ट ह्यामका एन्टोनियोले ७७ मिनेटमा बराबरी गोल गरे। 

अंक तालिकामा तेस्रो स्थानमा रहेको लिभरपुलको ३५ खेलबाट ७५ अंक छ।

३३ खेलबाट ७६ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो र ३४ खेलबाट ७७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:२३
Weather Update